अमेरीका र भारतलाई चीनको स्पष्ट सन्देशः यदी सार्वभौम सत्ता र सुरक्षामा आँच पुर्याउने काम भए चीनीया जनताले कठोर जवाफ दिनेछन्

अमेरीका र भारतलाई चीनको स्पष्ट सन्देशः यदी सार्वभौम सत्ता र सुरक्षामा आँच पुर्याउने काम भए चीनीया जनताले कठोर जवाफ दिनेछन्

  • शुक्रबार, कार्तिक ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 36.5K
    SHARES

एजेन्सी कार्तिक ७ । अमेरीकासगँ दक्षिणी चीनीया सागरमा र भारतसगँ लद्धाखमा तनाव बढीरहेका बेला चीनीया राष्ट्रपति सि जिन पिंगले चीनको सार्वभौम सत्ता, सुरक्षा र विकासलाई अवमुल्यन गरेर अतिक्रमण गर्ने कुनै पनि कोशिस भए चीनीया जनता खाली हात नबस्ने सन्देश दिएका छन् ।
कोरीयामा अमेरीका बिरुद्धको युद्धमा चीनीया स्वयसेवी सेनाहरु सामेल भएको ७० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति सि ले चीनीया जनता कहिले पनि खाली हात बस्दैनन् भन्ने माओत्सेतुगंको भनाई उद्धृत गर्दै देशको सार्वभौम सत्तामाथि हस्तक्षेप भएमा, चीनीया क्षेत्रलाई खण्डित गर्न खोजेमा त्यसको बिरुद्ध हुने युद्धमा बिजयी हुने चीनको एक मात्र विकल्प रहेको पनि बताए ।
चीनले आफ्नो भूमि ताईवानलाई मुख्य भूमि बिरुद्ध उकासेर हतियार दिईरहेका बेला सीले यो सन्देश दिएका हुन् ।
चीनले विश्वमा आफ्नो प्रभुत्व नखोजेको र विस्तारवाद लागू गर्न नचाहेको भन्दै चीनले प्रभुत्ववाद र शक्ति राजनीतिको बिरोध गर्ने पनि उनले बताए ।
अमेरीका विरुद्धको प्रतिरोध युद्धमा त्यतिखेर भएको बिजयले कोरीयामा स्थीरता कायम गर्न र नयाँ चीनको सुरक्षा गर्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ