बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री कोरोनाका कारण गम्भीर अवस्थामा

बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री कोरोनाका कारण गम्भीर अवस्थामा

  • बिहिबार, कार्तिक ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

६ कात्तिक एजेन्सी । बेल्जियममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि गम्भीर अवस्थामा रहनु भएकी विल्मेसलाई अहिले अति सघन कक्षमा राखेर उपचार गराइएको छ । पूर्व प्रधानमन्त्री भएपनि अहिले उपप्रधानमन्त्री तथा विदेश मन्त्रीका रुपमा कार्यरत हुनुहुन्छ ।

उहाँको अवस्था अहिले स्थिर रहेको विदेश मन्त्रालयका प्रवक्ता एल्के पट्टीनले पत्रकारहरुलाई जानकारी दिनुभएको छ । विल्मेस बेहोस अवस्थामा नरहेको र उहाँको अवस्था पनि चिन्ताजनक नरहेको उहाँले स्पष्ट पार्नुभएको छ ।

अहिले ४५ बर्ष हुनुभएकी विल्मेसलाई बुधबार बेलुका मात्रै अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँ आफ्नो पारिवारिक सदस्यबाट गत हप्ता सङ्क्रमित हुनुभएको थियो ।बेल्जियममा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या अत्यधिक बृद्धि हुदै गएको छ ।

कोरोनाभाइरसकै कारण बेल्जियममा अहिलेसम्म दश हजारभन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ