एजेन्सी कार्तिक ४ । अजरबैजान र आर्मेनियाबीच २३ दिन देखि लगातार युद्ध जारी छ । नारगोनो काराबाख क्षेत्र नियन्त्रणलाई लिएर शुरु भएको युद्धमा दुबै देशका संयौ निर्दोष सर्वसाधारण नागरिकको ज्यान गएको छ ।
काराबाख क्षेत्र भन्दा बाहिर पनि रकेट तथा क्षेप्यास्त्रहरु प्रहार भएका छन् । यस युद्धमा दुबै देशका संयौ सेनाको ज्यान गईसकेको छ । आर्मेनयाको मात्रै ७२९ जना सेनाको मृत्यु भएको बताईएको छ । त्यस्तै अजरबैजानको पनि संयौ सेनाहरु मारिएको बताईएको छ । अजरबैजानले अर्मेनियाको कब्जाबाट १३ वटा गाँउहरु कब्जा गरेको दाबी गरेको छ । आर्मेनियाले अजरबैजानको मुख्य ब्याटल टैंकहरु ध्वस्त पारेको बताएको छ ।
युद्ध शुरु भएको केही दिन पछि रुसको मध्यस्थतामा दुबै देशका विदेश मन्त्रीबीच मस्कोमा बार्ता पछि भएको सहमति कार्यन्वयन भएन ।
त्यस पति गत शनिबार युद्धबिराम भएको चार मिनेट पछि नै अजरबैजानले गोलाबारी गरे पछि युद्ध जारी छ ।
अजरबैजानलाई टर्कीले साथ दिएको छ । यस युद्धका क्रममा प्रहार गरिएका केही रकेटहरु ईरानी क्षेत्रमा समेत खसेको भन्दै ईरानले त्यस्तो घटना नदोहोरयाउन चेतावनी दिएको छ ।