भारतले नियन्त्रणमा लियो एक चीनीया सैनिक, हिरासतमा राखेर अनुसन्धान भईरहेको दाबी

भारतले नियन्त्रणमा लियो एक चीनीया सैनिक, हिरासतमा राखेर अनुसन्धान भईरहेको दाबी

  • सोमवार, कार्तिक ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

कार्तिक ३ एजेन्सी । चीन र भारतबीच तनाव उत्पन्न भएको क्षेत्र लद्धाखमा भारतीय सेनाले एक चीनीया सेनालाई नियन्त्रणमा लिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारतीय भूमिमा प्रवेश गरेको भनिएका ती सैनिकलाई हिरासतमा राखेर अनुसन्धान गरीरहेको छ ।
नियन्त्रणमा लिए पछि उनलाई न्यानो कपडा दिएको, अक्सिजन दिएको र प्रोटोकल अनुसार उनलाई चीनलाई फिर्ता पठाउने तयारी भएको जनाईएको छ ।
चीनीया जनमुक्ति सेनाले आफ्ना एक सेना वेपत्ता भएको भन्दै खोज्न सहयोग गर्न आग्रह गरेको भारतीय मिडियाको दाबी छ ।
गत जुन १५ मा सन् १९६२ को युद्ध पछि पहिलो पटक जुन १५ मा झडप हुदाँ २० भारतीय सेनाको मृत्यु भए पछि दुबै देशबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ ।
लद्धाखमा माईनस ४० डिग्री सम्म तापक्रम रहने र खराब मौसम शुरु भए पनि दुबै देशबीच सहमति नहुँदा अझै सेनाहर चिसोमा कठ्याग्रिएर बस्न बाध्य छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ