एजेन्सी कार्तिक २ । ताईवानलाई अत्याधुनिक हतियार बेच्दै अमेरीकाले दक्षिणी चीनीया सागरमा समेत दबाब बढाईरहेका बेला चीनले ताईवान नजिक हाईपरसोनिक मिसाईल, जलसेना र रकेट फोर्स सहित ठूलो संख्यामा सेना समेत तैनाथ गरेको छ ।
पछिल्लो समय अमेरीकी अधिकारीहरुको भ्रमण र ताईवान मार्ग तर्फ युद्धपोतहरु ओहोर दोहोर गरे पछि चीनले संभावित युद्धको तयारी स्वरुप अत्याधुनिक हतियार, क्षेप्यास्त्र र हवाई सुरक्षा प्रणाली जडान गरेको छ ।
साउथ चाईना मर्निगं पोष्टमा प्रकाशित खबर अनुसार चीनले रुसबाट खरिद गरिएको अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली सुखोई ४००, परमाणु एवं परम्परागत हतियार प्रहार गर्न सक्ने डिएफ १७ समेत तैनाथ गरेको छ । र सो क्षेत्रबाट पुरानो क्षेप्यास्त्र प्रणाली विस्थापित गरको छ ।
ताईवान सन् १९४९ देखि चीनबाट अलग भएको थियो भने चीनले यो आफ्नै भूमि भएको स्पष्ट गर्दै आएको छ । तर अमेरीकाले ताईवानलाई अलग देशको रुपमा व्यवहार गर्दै आएको छ । यद्यपि, धेरै देशहरुले एक चीन नीतिको समर्थन गर्दै आएका छन् ।
ताईवान मामलामा अमेरीकी व्यवहारको चीनले सधैँ विरोध गर्दै आएको छ भने पछिल्लो समय भारतले समेत ताईवानसगँ निकटता बढाए पछि त्यसको पनि बिरोध हुँदै आएको छ ।
चीनीया विज्ञहरुले आवस्यक परे ताईवानलाई बलपूर्वक एकीकरण गर्ने चेतावनी दिदै आएका छन् ।