एजेन्सी कार्तिक २ । कोरोना नियन्त्रणमा सफल भएकी न्युजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले ऐतिहासिक निर्वाचनमा ऐतिहासिक जीत निकालेकी छन् ।
शनिबार सम्म अधिकांश मत गणना भईसक्दा पूर्ण बहुमतको नजिक अर्थात ४९.१ प्रतिशत मत जसिन्डाको पार्टीले ल्याएको छ ।
विपक्षी दलले केवल २६ प्रतिशत भन्दा बढी मात्र मत ल्याएको छ र पराजय स्वीकार गरीसकेको छ ।
गत सेप्टेम्बररमै हुनु पर्ने निर्वाचन कोरोना देखिए पछि अक्टोबरका लागि धकेलिएको थियो ।
४० वर्षे प्रधानमन्त्री जसिन्डाले ५० वर्षको ईतिहासमा श्रमिक पार्टीको यो ऐतिहासिक जीत भएको भन्दै समर्थकहरुलाई धन्यवाद दिएकी छन् ।
कोरोना नियन्त्रणमा सफल भए पछि जसिन्डाको विश्वभर प्रशंसा भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline