एजेन्सी कार्तिक १ । ईस्लाम धर्मगुरु पैगम्बर मोहम्मदको कार्टुन छापिएको चार्ली हेब्दो पत्रिका विद्यार्थीलाई देखाएका एक शिक्षकलाई आक्रमणकारीले चक्कु प्रहार गर्नुका साथै टाउको काटेर हत्या गरेका छन् ।
पेरिसमा शुक्रबार उक्त हमला गर्ने आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारिदिएको बिबिसीले जनाएको छ ।
फ्रान्सका राष्ट्रपति ईम्यानुएल म्याक्रोले यो हमला ईस्लामिक आतंकवादीको हात रहेको बताएका छन् ।
फ्रान्सका शिक्षा मन्त्री जिम माईकल ब्लानक्वेयरले यो हमला फ्रान्समाथिको हमला भन्दै निन्दा गरेका छन् ।
फ्रान्सको चार्ली हेब्दो पत्रिकाले बर्षाै अघि पनि पैगम्बर मोहम्मदको कार्टुन छापेको थियो । त्यस पछि पत्रिकाको कार्यलयमा आक्रमण भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline