एजेन्सी असोज २९ । चीनले भारत र अमेरीकासगँ तनाव बढीरहेका बेला र सीमामा युद्धउन्मुख तनाब बढेका बेला एक अत्याधुनिक सैन्य ड्रोन तयार गरेको छ । यो ड्रोन करीब २ सयको संख्यामा तयार पारेको बताईएको छ ।
सिएच ९०१ नाम दिईएको यो ड्रोन एकै पटक दुई सयको संख्यामा उडाईएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसको पंखामा सेन्सर जोडिएको र यसले टार्गेटहरुको आफै पहिचान गरेर ध्वस्त पार्ने र सो क्रममा यो ड्रोन आफै पनि नष्ट हुने खालको रहेको छ । एक ट्युबलर मार्फत एकै पटक ४८ वटा ड्रोन छाड्न सकिन्छ । यो जमिनको जुनसुकै ठाँउमा र युद्धक विमानमा समेत जडान गर्न सकिन्छ ।
यो ड्रोनमा ईलेक्ट्रो अप्टिकल क्यामेरा समेत हुन्छ । यसले जमिनमा रहेका दुष्मनका अखडाहरुको पहिचान गरे पछि आफै हमला गर्दछ । यो ड्रोन आर्मीलाई रोक्न कुनै पनि देशको हवाई रक्षाप्रणाली असक्षम हुने बताईएको छ । चीनीया राष्ट्रपति सि जिन पिङले जनमुक्ति सेनालाई चौतर्फी मोर्चा र संभावित युद्धको तयारीमा सतर्कतापुर्वक रहन निर्देशन दिएका छन् ।
हाल चीनको भारतसगँ लद्धाखमा र अमेरीकासगँ दक्षिणी चीनीया सागरमा टकराव बढीरहेको छ ।