युरोपमा कोरोनाको दोस्रो लहर तीव्र , फ्राँन्सका विभिन्न शहरमा कफ्र्यु जारी

युरोपमा कोरोनाको दोस्रो लहर तीव्र , फ्राँन्सका विभिन्न शहरमा कफ्र्यु जारी

  • बिहिबार, अशोज २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

असोज २९ काठमाण्डौं । युरोपमा कोरोनाको दोस्रो लहर तीव्र बनेको छ । पहिलो लहर पछि केही नियन्त्रित देखिएको कोरोनाले पुनः गति लिए पछि फ्रान्स सहित विभिन्न देशमा पुनः कडा नियमहरु लागू गरिएका छन् ।
फान्सका राष्ट्रपति ईम्यानुएल म्याक्रोनले पेरिस सहित विभिन्न ९ वटा शहरमा रात्रिकालीन कफ्र्यु आदेश जारी गरेका छन् ।
राति ९ बजेदेखि बिहान ६ बजे सम्म सबै जनताले घरमै बस्नु पर्ने र यो आदेश शनिबारदेखि एक महिना सम्म लागू हुने पनि राष्ट्रपति म्याक्रोनले बताएका छन् ।
उता नेदरल्याण्डले पनि राति १० बजेदेखि आंशिक लकडाउन लागू गरेको छ ।
फ्रान्समा एकै दिन २२ हजार बढी सम्म संक्रमित देखिन थालेका छन् । त्यस्तै स्पेनमा ३३ हजार बढी संक्रमित एकै दिन देखिन थालेका छन् । यस्तै रुसमा पनि १४ हजार बढी संक्रमित एकै दिन देखा परेका छन् ।
बेलायत सहित अन्य देशमा पनि कोरोना पुनः बढ्न शुरु गरे पनि कडा नियमहरु जारी भएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ