आफूले सबै जनताका चाहना पूरा गर्न नसकेको भन्दै राष्ट्रपति किम जोगं उन धुरु धुरु रोए पछि ….

आफूले सबै जनताका चाहना पूरा गर्न नसकेको भन्दै राष्ट्रपति किम जोगं उन धुरु धुरु रोए पछि ….

  • बुधबार, अशोज २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.1K
    SHARES

असोज २८ एजेन्सी । सधैँ विश्वले तानाशाही भन्दै प्रचार गर्दै आए पनि वास्तवमा उत्तर कोरीयाका युवा राष्ट्रपति किम जोगं उन कति भावुक रहेछन् भन्ने कुरा यस पटक खुलासा भएको छ ।
कोरियन वर्कस पार्टीको ७५ औं वर्षगाँठमा आयोजित सैन्य परेड पछि भाषणमा उनी निकै रोए ।
अन्तरमहादेशीय क्षेप्यास्त्र सहित अत्याधुनिक हतियारको विकास गरेको अत्याुधिनक हतियारहरु प्रदर्शन गरिएको थियो । त्यसमा दशौं हजार नागरिक मध्यरातमा गरिएको परेड हेर्न भेला भएका थिए ।
त्यस पछि संवोधन गर्ने क्रममा किम भावुक भए, चस्मा खोले, अनि खल्तिमा भएको रुमाल निकालेर आँशु पुछे ।
उनले भने, जनताले मलाई आकाश भन्दा पनि उचाईबाट, समुन्द्र भन्दा पनि गहिराईबाट विस्वास गरे, तर मैले जनताका अपेक्षा अनुसार जनतालाई खुसी पार्न सकेको छुईन, म वास्तवमै धेरै धेरै क्षमा चाहन्छु ।
उनले सेनाप्रति पनि उच्च सम्मान व्यक्त गरेका छन् । किमले पुनः सम्हालिदै जनतालाई विस्वास दिलाए, चाहे मेरो शरीर टुक्रा टुक्रा किन नहोस् म जनताका आकांक्षा पुरा गर्न कुनै पनि कार्यक्रम असफल हुन नदिन लाग्छु । भने ।
नेपाल भन्दा सानो मुलुक उत्तर कोरीया अन्तराष्ट्रिय प्रतिवन्धका बीच पनि अत्याधुनिक परमाणु हतियारको विकास र देशको विकास गर्न सक्षम हुदै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ