आकाशमा जहाज, जमिनमा लामो दुरीको परमाणु मिसाईलः उत्तरकोरीयाले मध्यरातमा आयोजना गर्यो बिशाल सैन्य परेड( तस्वीरहरु )

आकाशमा जहाज, जमिनमा लामो दुरीको परमाणु मिसाईलः उत्तरकोरीयाले मध्यरातमा आयोजना गर्यो बिशाल सैन्य परेड( तस्वीरहरु )

  • आइतवार, अशोज २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 34.9K
    SHARES

असोज २५ काठमाण्डौं । उत्तर कोरीयाले कोरियन वर्कस पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा मध्यरातमा बिशाल सैन्य परेडको आयोजना गरेको छ ।
नेपाल भन्दा पनि भौगोलिक रुपमा सानो र जनसंख्या कम भएको यो मुलुकले थुप्रै अन्तराष्ट्रिय प्रतिवन्धका बाबजुद परमाणु क्षेप्यास्त्र सहित आधुनिक हतियार प्रदर्शन गरेको छ ।
उत्तर कोरीयाले अमेरीकी रक्षा प्रणालीमाथि प्रहार गर्न सक्ने अन्तरमहादेशीय परमाणु क्षेप्यास्त्र, लडाकु विमान र अन्य घातक हतियारहरु प्रदर्शन गरेको छ ।
उत्तरकोरीयाली समाचार संस्था र अन्य अन्तराष्ट्रिय सञ्चार माध्ममा प्रकाशित तस्वीरहरु अनुसार मध्यरातमा हजारौ सर्वसाधारण सहित राष्ट्रपति किम जोगं उनले यो परेडको अवलोकन गरेका थिए ।
किम ईल सुगं स्क्वाएरमा आयोजित परेडमा वायुसेनाले आकाशमा लडाकु विमानहरुको उडान भरेको थियो भने जमिनमा सेनामो मार्च र क्षेप्यास्त्रहरुको प्रदर्शन ।
अन्तरमहादेशीय बिशाल क्षेप्यास्त्र ११ चक्के गाडीमा राखिएको थियो ।
उत्तर कोरीया र अमेरीकाबीच पटक पटक भएको वार्तामा सहमति हुन नसकेका बेला उत्तर कोरीयाले आफ्नो सैन्य क्षमता प्रदर्शन गरेको छ ।
कोरीयन वर्कस् पार्टीको ७५ औं वर्षगाँठका अवसरमा चीनीया राष्टपति सि जिन पिंग लगायतकाले शुभकामना सन्देश समेत पठाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ