पहिरो पीडितलाई बागलुङ समाज अमेरीकाको २५ लाख

पहिरो पीडितलाई बागलुङ समाज अमेरीकाको २५ लाख

  • शनिबार, अशोज २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

असोज २४ बागलुङ । गत भदौ १७ गतेको बाढीपहिराले प्रभावित बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङका पीडितलाई बागलुङ सेवा समाज अमेरिकाले २५ लाख रुपैयाँ उपलव्ध गराएको छ । बाढीपहिरो पीडितलाई राहत स्वरुप नगरपालिका मार्फत समाजले नगद उपलव्ध गराएको हो । विभिन्न कामको सिलसिलामा अमेरीकामा रहेका बागलुङ घर भएका युवाले राहत रकम सङ्कलन गरेका थिए ।

बाढी प्रभावितको राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको आर्थिक सङ्कलन अभियानबाट सङ्कलित उक्त रकम हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष सन्तोष खत्रीले जानकारी दिनुभयो । समाजका सल्लाहकार सिंहबहादुर राणाले राहत नगरप्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गर्नु भएको थियो ।
प्राप्त राहत नगरपालिकाले एकद्धार प्रणाली मार्फत पुनःस्थापनामा सदुपयोग गर्ने छ । बोबाङ खोलामा आएको भीषण बाढीपहिराले मानवीय तथा भौतिक क्षति पु¥याएपछि आफुहरुले राहत सङ्कलन अभियान थालेको समाजका अध्यक्ष हरि पौडेलको भनाइ छ । बाढीपहिरोमा २२ जनाले ज्यान गुमाएका थिए भने १५ जना अझै बेपत्ता छन् । ढोरपाटन नगरपालिकाको वडा नं। ७, ८ र ९ का १ सय २७ परिवार घरबार बिहिन बनेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी