एजेन्सी ।
आजभोली सामाजिक सञ्जालबाट नयाँ तरिका बाट चोरी गर्ने चलन बढ्दै गएको छ । यस्तै ओडिशा राज्यमा एक सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जालबाट चोरीको उपाएर तरिका सिकेर बैंकबाट केही रकम चोरेका छन् ।
एजेन्सीहरुका अनुसार युवकले जुन बैंकबाट लोन लिएका थिए उनले त्यही बैंकबाट चोरी गरेर उक्त बैंकको लोन तिरेका छन् ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका कारण उक्त युवकलाइ धेरै नोक्सान भएको थियो । उनले लोन तिर्नको लागी सामाजिक सञ्जालमा भिडिओ हेरेर बैंक लुटेका छन् ।
उक्त युवकले सामाजिक सञ्जालबाट नै सिकेर १२ लाख रुपैंया चोरेका थिए ।
युवक साडी पसल चलाउथें । लकडाउनका कारण बैंकबाट लिएको लोन तिर्न नसकेपछि उनले चोरी गरेका हुन् ।
युवकले बैंकबाट १९ लाख लोन लिएको समाचारमा जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline