देशमा रोजगारीको अभावः दंशैको मुखमा समेत भारत पलायन हुने क्रम रोकिएन

देशमा रोजगारीको अभावः दंशैको मुखमा समेत भारत पलायन हुने क्रम रोकिएन

  • मङ्लबार, अशोज २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 23K
    SHARES

असोज २० कन्चनपुर । दशैं र तिहारमा मुग्लानबाट फर्किइ परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण सङ्कटमा परेको छ ।बन्दाबन्दीमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडपर्वको मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका छन् ।

कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट सोमबार बिहान मात्रै २३७ जना रोजगारीका लागि भारतका विभिन्न शहर गएका छन् ।“विगत वर्षहरुमा यो समयमा सीमानाकामा दशैं मनाउने घर आउनेहरुको लर्को देख्न पाइन्थ्यो ।” जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो“ मजदुरीका लागि भारत जानेहरु चाडपर्वको मुखमा पनि जाने क्रम रोकिएन् ।”
सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो, भारत । कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता मात्रै यहाँका नाकाहरुबाट मात्र झण्डै दुई लाख नागरिक स्वदेश फर्किएका थिए ।गाउँमा रोजगारी नपाइनुले पनि उनीहरु कोरोना कहरकै बीच पुनः भारत रोजगारीका लागि जाने क्रम गत महिनादेखि शुरु भएको हो ।

त्यसैगरी लालाबालासहित भारतको पञ्जाव गइरहेका भीमदत्तनगरपालिका–९ का कल्लु टमाटाले चाडपर्वका बेला घर आउने समयमा आफूहरु बाध्यताले विदेशिरहेको बताउनुभयो ।“ छोरा छोरीको पालनपोषण भन्दा ठूलो चाडपर्व होइनन् ।” उहाँले भन्नुभयो“ ज्यान रहे त पर्व र खुशीहरु कहाँ जालान् ।”सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित युवाहरुलाई स्वरोजगार लक्ष्यसहित कृषि तथा पशुतर्फ रोजगारी दिन आवदेन लिएको छ । तर भारत जाने क्रम भने रोकिएको छैन् । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जंगबहादुर मल्लले बन्दाबन्दीमा सात महिनादेखि बेरोजगार युवाहरु बाध्यताले चाडपर्वका बेला भारत गइरहेको बताउनुभयो । उहाँले विपन्न समुदायमा छाक टार्न समेत धौ धौ हुनेस्थित देखिन थालेको बताउनुभयो ।

बजार, व्यवसाय कोरोनाका कारण धराशायी रहेको जनाउँदे उहाँले यस्तो महाकष्टका बेला बजारमा भीडभाड पनि गर्न आग्रह समेत गर्नुभयो । “स्वास्थ्यसितको कुरो भएकाले पनि यस बर्ष दशैंमा चहलपहल गर्नु हुदैन ।” अध्यक्ष मल्लले भन्नुभयो“आर्थिक चपेटाका बीच पनि स्वास्थ्यप्रति संबेदनशील हुने बेला हो ।”सोमबार गड्डाचौकी नाकाबाट २४५ जना र गौरीफन्टा नाकाबाट ३४४ जना स्वदेश फर्किएको थिए । गड्डाचौकीनाकाबाट भारत मजदुरीका लागि जाँदै गरेका लालझाँडी गाउँपालिकाका पुरन रानाले आफू भारतको सिमाला गइरहेको बताउनुभयो । “यो स्याउ टिप्ने मौसम हो ।” उहाँले भन्नुभयो–“हामीले स्याउ टिपेर कमाएको पैसाले घर खर्च चल्छ ।” लकडाउनका बेला घर फर्किएका रानाले घरखर्च चलाउन समस्या हुन थालेपछि भारत जान लागेको सुनाउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी