राफेल ल्याए पछि हाम्रो शक्ति बढेको एकै पटक चीन र पाकिस्तान बिरुद्ध लड्न सक्छौः भारतीय वायुसेना प्रमुखको दाबी

राफेल ल्याए पछि हाम्रो शक्ति बढेको एकै पटक चीन र पाकिस्तान बिरुद्ध लड्न सक्छौः भारतीय वायुसेना प्रमुखको दाबी

  • सोमवार, अशोज १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 26.8K
    SHARES

एजेन्सी असोज १९ । भारतको वायुसेना प्रमुख आरकेएस भदौरीयाले फ्रान्सबाट राफेल ल्याए पछि भारतको सैन्य शक्ति बढेको भन्दै चीन र पाकिस्तान बिरुद्ध एकै साथ लड्न सक्ने बताए ।
उनले भारत जुनसुकै स्थितिका लागि तयार छ , आगामी पाँच बर्ष भित्र लडाकु हेलिकप्टर, तेजस जस्ता हवाई युद्धक उपकरण प्राप्त हुने र अझ वायुसेना शक्तिशाली हुने पनि दाबी गरे ।
लद्धाखमा चीनसगँ र कास्मीरमा पाकिस्तानसगँ तनाव बढीरहेका बेला भारतीय वायुसेना प्रमुखको यो दाबी आएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
चीनी वायुसेना भन्दा भारतीय वायुसेना कमजोर नरहेको पनि भदौरीयाले दाबी गरे । राफेलका कारण कुनै पनि स्थितिमा ठोस कार्बाही गर्न भारतीय सेना सक्षम हुने उनको जिकिर छ ।
चीन र भारतबीच सन् १९६२ को युद्धमा पराजीत भए पछि भारतले चीन बिरुद्ध निरन्तर तयारी गर्दै आएको छ । गत जुन १५ मा २० भारतीय सेनाको ज्यान जाने गरी भएको झडप पछि दुबै देश सीमामा आमनेसामने भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ