एजेन्सी ।
लामो समय देखि चीनसँग सिमा विवदमा फसेको भारत अहिले युद्धको तयारीमा जसटेको छ ।
भारतीय सेना र वायुसेनाले जुनसुकै परिस्थितीसँग जुध्नका लागि संयुक्त तयारी सुरु गरेका हुन् ।
हालललाइ दुइ देशको सिमा समाधानका लागी उच्चस्तरिय वार्ताको प्रयास भइरहेको
छ । तर , भारत भने विवादित सिमा क्षेत्रमा आफ्ना आणविक हतियारहरु तैनाथ गर्न व्यस्त रहेको छ ।
यसैक्रममा भारतीय सेनाको स्थलगत सैनिक र वायुसेनाको ‘जोइन्ट वार अपरेशन’ पनि सुरु भएको छ ।
लेह हवाई क्षेत्रमा वायुसेनाले सी–१७ एस, इल्यूशिन–७६ एस र सी–१३० जे सुपर हरक्यूलिस जेट तैनाथ गरेको छ ।
यी फाइटर जेटले लगातार सीमामा उडान भरिरहेको छ ।
यी विमानमार्फत् सीमामा तैनाथ सेनाका जवानसम्म वायुसेनाले आवश्यक सामग्री ओसारपसारसमेत गरिरहेको छ । वायुसेना र सेनाको संयुक्त युद्ध तयारीमा चीफ अफ डिफेन्स स्टाफ ९सीडीएस० जनरल विपिन रावतले सिडिएस सेना र वायुसेनालाई एकसाथ मिलाएर काम गर्ने योजना बुनिरहेका छन् ।