एजेन्सी ।
बैज्ञानीक दुनियामा अरु देशहरु धेरै अगाडि बढिसकेका छन् ।
बैज्ञानीक दुनियामा बिकसित देशको रुपमा लिइन्छ अमेरिका ।
अमेरीकाले आउदै गरेको अमेरीकाको राष्ट्रपति चुन्नको लागी अन्तरिक्षबाटै अन्तरिक्ष यात्रीहरुले भोट दिन सक्ने व्यवस्था गरेको छ ।
पृथ्वीबाट करिब २०० माइल टाढा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अमेरीकी अन्तरिक्ष यात्रीहरु मतदान गर्न लागेका हुन् ।
अमेरीकामा हुने राष्ट्रपतिको चुनाबको समयमा केही यात्रीहरु अन्तरिक्षमै हुने भएकाले उनीहरुको लागी यस्तो व्यवस्था गरेको रिर्पोटले जनाएको छ । रिर्पोटको अनुसार अमेरीकाको आइएसएस मिसन ६ महिना अगाडी नसकिने भएकाले यस्तो व्यवस्था गरिएको हो ।
अमेरीकी अन्तररिक्ष यात्रीहरुले आफ्नो मताधीकारको सदुपयोगका लागी सन् १९७७ मा एक प्रविधिक मतदान प्रणाली विध्यक पारित गरेको थियो । सोही विध्यकको आधारमा सो व्यवस्था गरिएको रिर्पोटमा जनाइएको छ ।
पारित भएको विध्यक अनुसार मतदानको बेला कोही नागरिक अन्तरिक्षमा रहे उनले फेडेरल पोस्टकार्ड अनुप्रयोग (एफपीसीए) मार्फत मतदान गर्न सक्दछ। यो माध्यमकालागि नासाले सर्वप्रथम सचिवालयमा जानकारी दिनुपर्नेछ र यो विधि प्रयोग गर्नका लागि गोप्य मतपत्र पनि प्राप्त गर्नुपर्नेछ।
रिर्पोटमा जनाइए अनुसार यस्तो व्यवस्थाको लागी एक वर्ष अघि देखिनै तयारी भइरहेको थियो ।
कुन बेला कुन अन्तरिक्ष यात्री अन्तरिक्षमा रहन्छ र उसले मतदान गर्न चाहेमा उनले चुनाबको केही समय अगाडी यात्रीलाइ मानक फारम प्राप्त गर्दछ , जसलाई फेडरल पोस्टकार्ड अनुप्रयोग भनिन्छ ।

अमेरिकामा चुनाव हुनुभन्दा अघिल्लो दिन अन्तरिक्ष यात्रीहरुलाइ ईन्क्रिप्टेड ई-ब्यालेट अपलिंक प्राप्त गर्दछ। यस ईमेलबाट पठाइएको अद्वितीय प्रमाणपत्रहरूको प्रयोग गरी अन्तरिक्ष यात्रीहरुले मतदान गर्दछ । उक्त मेल पृथ्वीमा प्राप्त गरेपछि, अपलिंक डाउनलिन्क हुन्छ र काउन्टी क्लर्क अफिसमा सूचित हुन्छ र यसरी अन्तरिक्ष यात्रीहरुले मताधिकारको सदुपयोग गर्छन् ।