दिनभर ज्वरो र सास फेर्न गाहो महसुस भए पछि ट्रम्पलाई अस्पताल भर्ना गरियो

दिनभर ज्वरो र सास फेर्न गाहो महसुस भए पछि ट्रम्पलाई अस्पताल भर्ना गरियो

  • शनिबार, अशोज १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

एजेन्सी असोज १७ । शुरुमा कोरोना सामान्य फलु हो , मास्क लगाउन समेत नमान्दै आएका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः कोरोना आफैलाई देखिए पछि अस्पताल भर्ना भएका छन । दिनभर ज्वरो र सास फेर्न गाहो महसुस भए पछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको सिएनएनले जनाएको छ । उनमा केही खोकी समेत देखिएको छ ।
उनका निजी र अन्य विषेशज्ञहरुको टोलीले परीक्षण गरीरहेको छ । ट्रम्पकी श्रीमति मेलियानालाई भने खोकी र टाउको दुख्ने गरेको पनि चिकित्सकहरुले बताएका छन् ।
यी लक्षण देखिनुका बाबजुद टम्प उच्च मनोवलका साथ बसिरहेको चिकित्सकहरुले बताए ।
राष्ट्रपति कार्यलय ह्वाईट हाउसले एक विज्ञप्ति जारी गरी ट्रम्पको उपचार वाल्टर रिड सैन्य अस्पतालमा भईरहेको जनाएको छ ।
अमेरीकामा ७५ लाख बढी कोरोना संकमित पुगेका छन भने २ लाख १२ हजार बढीको मृत्यु भएको छ ।
ट्रम्पको स्थिति गंभीर भए केही परीक्षणात्मक औषधीहरु समेत दिन सकिने स्रोतलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।
डेमोकयाटीक नेताहरुले यस अघि ट्रम्पले कोरोना नियन्त्रण गर्न सही नीति नलिएको भन्दै आलोचना गर्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ