एजेन्सी असोज १५ । लामो समय कोरोना केही होईन भन्दै मास्क समेत लगाउन नमानेका अमेरीकी राष्ट्रपति स्वयं कोरोनाको त्रास बढे पछि क्वारेन्टीनमा बसेका छन् ।
उनका निजी सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण पुष्टी भएको छ । त्यस लगत्तै ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्प क्वारेन्टीनमा बसेका हुन् । होक्स ट्रम्पसगँ नियमित यात्रामा सगँै हुने गर्दथिन् ।
ट्रम्पले ट्वीट गर्दै आफूले कोरोना परीक्षणको नतिदा पर्खदै क्वारेन्टीनमा बसेको बताएका छन् ।
अमेरीकामा विश्वमै सबै भन्दा धेरै ७४ लाख ९४ हजार बढी कोरोना संक्रमित पुगेका छन् भने २ लाख १२ हजार बढीको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline