एजेन्सी ।
भारतको युपी प्रहरीले कांग्रेस नेताद्वय दिदिभाइ राहुल-प्रियंका गान्धी लगायत २०३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।युपी प्रहरीले उनीहरुलाइ महामारी ऐन अन्तर्गत मुद्धा दर्ता गरेको हो ।
नेता र कार्यकर्ताहरुविरुद्ध पुलिसले संविधानको धारा २७०(संक्रमण फैलिने सम्भावनाका बीचमा जानीजानी घातक क्रियाकलाप गरेको), धारा १८८ अन्तर्गत( सरकारी आदेशको उल्लंघन)र महामारी ऐन अन्तर्गत मुद्धा चलाइएको हो ।
उनीहरु उत्तर प्रदेशको हाथरसमा भएको सामूहिक बलात्कारकेसका पीडित परिवारलाई भेट्न जाँदै गर्दा राहुल र प्रियंकालाई प्रहरीले रोक्न खोज्दा भएको झडपमा उनीहरु गिरफ्तार भएका थिए ।
सो झडपमा परी नेता राहुल गाान्धी जमिनमा ढलेका थिए ।
झडपमा अन्य कार्यकर्ताहरु समेत घाइते भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline