कश्मीरमा आफुहरुलाइ सहयोग गरेको भन्दै अर्मेनिया-अजरबैजान युद्धमा पाकिस्तानको सहयोग अजरबैजानलाइ ,युद्धक्षेत्रमा पाकिस्तानी सैनिक

कश्मीरमा आफुहरुलाइ सहयोग गरेको भन्दै अर्मेनिया-अजरबैजान युद्धमा पाकिस्तानको सहयोग अजरबैजानलाइ ,युद्धक्षेत्रमा पाकिस्तानी सैनिक

  • बिहिबार, अशोज १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 46.1K
    SHARES

एजेन्सी ।
अरामेनिया र अजरबैजानको नागोरोनो-काराबाख क्षेत्रको विवादित भूमिलाई लिएर चलिरहेको युद्धमा पाकिस्तानले अजरबैजानलाइ सहयोग गर्ने चर्चा भएको छ ।
अजरबैजानलाइ सहयोग गर्न पाकिस्तानले अर्मेनिया-अजरबैजान युद्ध क्षेत्रमा आफ्ना सैनिक पठाएको छ ।

दुई नागरिक बीच भएको कुराकानीमा आधारित एक अर्मेनियाली समाचार रिपोर्टमा उक्त कुराको दाबी गरिएको छ। यद्यपि पाकिस्तानले भने यसबारे पुष्टि गरेको छैन।

अर्मेनिया-अजरबैजान युद्ध ४४०० वर्ग किलोमिटर नागरोनो-काराबाख क्षेत्रको कब्जाका लागि भइरहेको हो ।
नागोरोनो-काराबाख क्षेत्रलाइ हेर्ने हो भने उक्त क्षेत्र अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको हिस्सा मानिन्छ तर यो आर्मेनियाको जातीय समूहले ओगटेको छ।

स्थानीय समाचार वेबसाइट ‘फ्रिन्युज.एम’का अनुसार युद्धमा पाकिस्तानको उपस्थितिको बारेमा दुई व्यक्तिको बिचको कुराकानीले अजरबैजानमा पाकिस्तानी सेनाको उपस्थिति भएको दावी गर्दछ ।

जुन कुराकानीको बिचमा पाकिस्तानी सेनाको सहयोग अजरबैजानलाइ भनिएको छ , त्यसमा भनिएको छ , ‘हामी कसरी लेख्न सक्छौँ ? मसँग पैसा छैन, हामी ठीक छौं, चिन्ता नगर,७-८ गाउँहरू स्वतन्त्र भएको छ, नडराऊ’,अर्को नागरिकले भने ,’हो मलाई थाहा छ, मैले इन्स्टाग्राममा देखेको छु कि फिज्जुली, अगाडम पक्राऊ परेको थियो मुक्त गरिएको छ।’
कुराकानीमा पहिलो व्यक्तिले सोध्छ , ‘इन्टरनेटमा के गलत छ, किन यसले काम गर्दैन? यसको जवाफमा अर्काले भन्छ,’उनको मन्त्रालयले यो बन्द गर्यो , यहाँ जति धेरै घटनाहरू घट्छन्, मानिसहरू आर्मेनियालीहरूसँग सम्पर्कमा आउँछन्, त्यसैले उनीहरूले यो रोके।’

गोलीबारी अर्को नागरिक क्षेत्रमा भइरहेको छ कि भनेर सोध्दा उनले भने, ‘अगाडम तर्फ, उनीहरूले पाकिस्तानी सैनिकहरू जम्मा गरे र अगाडम लगे।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ