एजेन्सी असोज १५ । विश्वमा आश्चर्यजनक विकास गरीरहेको चीनले अब तिव्वतबाट भारत हुदै बग्ने बिशाल नदी ब्रम्हपुत्र र सिन्धु नदीलाई एक हजार किलो मिटर लामो सुरुङ मार्फत डाईभर्टको काम गरीरहेको अमेरीकी अखबार ईपोच टाईम्सले दाबी गरेको छ । यार्लुङ जांगबोको नामले ब्रम्हपुत्रलाई चीनमा चीनिन्छ । यो परियोजना मार्फत सिन्जियाङलाई अमेरीकाको क्यालिफोर्निया सरह विकास गर्ने चीनले रणनीति बनाएको पनि उक्त समाचारमा दाबी गरिएको छ । तिव्वतको पठार ईलाका हुदै पश्चिम सिन्जियाङको मरुभूमि क्षेत्रमा उक्त पानी पुर्याउने र सिञ्चाई गर्ने चीनले लक्ष्य लिएको छ ।
ब्रम्हपुत्र डाईभर्ट भए भारतको सबै भन्दा ठूलो जलआधारको रुपमा रहेकाले भारतमा जलसंकट उत्पन्न हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । यस परियोजनाको लागि चीनले ११.७ अर्ब डलर खर्च गरेर सन् २०१७ बाट नै युनानबाट सुरुङ निर्माण भईरहेको दाबी गरिएको छ ।
लद्धाखमा चीन र भारतबीच तनाव बढीरहेका बेला अब पानी विवाद पनि नया स्तरमा देखा पर्न थालेको अनुमान गरिएको छ ।