बाबरी मस्जिद जलाउनेहरुलाई उन्मुक्ति दिएको भन्दै मुस्लिम नेताहरुको आपत्ति

बाबरी मस्जिद जलाउनेहरुलाई उन्मुक्ति दिएको भन्दै मुस्लिम नेताहरुको आपत्ति

  • बुधबार, अशोज १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

एजेन्सी असोज १४ । अयोध्यामा बाबरी मस्जिद जलाएर विध्वंश मच्चाएको आरोपमा मुद्धा खेपिरहेका बिजेपी नेता लालकृष्ण आडवाणी सहित ३२ आरोपीलाई अदालतले सफाई दिएको छ । आज लखनउ उच्च अदालतले गरेको फैसलामा सबैलाई उन्मुक्ति दिईए पछि मुस्लिम नेताहरु भने असन्तुष्ट बनेका छन् । बाजपेयी सहित खुसीले मिठाई बाँड्न व्यस्त छन् ।
एआईएमआईएमका अध्यक्ष औवेसीले पत्रकारहरुसगँ कुरा गर्दै आजको दिन कालो दिन भएको भन्दै अपराधीहरुलाई क्लिन चिट दिएको टिप्प्णी गरे ।
मुस्लिम पर्सनल ल बोर्ड मार्फत सर्वोच्च अदालतमा अपील गर्न अनुरोध गर्ने औवेसीले बताए ।
६ डिसेम्बर १९९२ मा बाबरी मस्जिद जलाउदाको बखत ४९ जना बिरुद्ध मुद्धा दायर भए पनि १७ जनाको यस अघि नै मृत्यु भईसकेको छ ।
अल ईन्डिया मुल्सिम पर्सनल ल बोर्डका अधिवक्ता जफरयाव जिलानीले अदालतले साक्षीहरुको समेत कुरा नसुनेको भन्दै हाईकोर्टमा जाने बताए ।
अयोध्याको बाबरी मस्जिद भत्काएर पछि अहिले राम मन्दिर बनाउने कार्य चलिरहेको छ । प्रधानमन्त्री मोदीले नै उक्त मन्दिरको शिलन्यास गरेका थिए ।
यसले भारत भित्र मुस्लिम र अल्पसंख्यकमाथि न्याय नभएको देखिएको प्रतिकृया आएको छ ।
यस्तै भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीले पनि यो फैसला प्रति असन्तुष्टी जनाएका छन् । के मस्जिद आफै ढलेको थियो ? उनले प्रश्न गरेका छन् ।
यस्तै अन्य सरोकारवालाहरुले पनि फैसलाप्रति आपत्ति जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ