टेलिभिजन डिबेटमा ट्रम्पमाथि विदेनको जीत ? कार्यक्रममै भयो विवाद

टेलिभिजन डिबेटमा ट्रम्पमाथि विदेनको जीत ? कार्यक्रममै भयो विवाद

  • बुधबार, अशोज १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी, असोज १४ । अमेरीकामा राष्ट्रपतिको निर्वाचन पूर्व शुरु भएको पहिलो टेलिभिजन बहसमा राष्ट्रपति ट्रम्पमाथि विदेन भारी सावित भएका छन् ।
तत्कालै गरिएको सर्वेक्षण अनुसार ४८ प्रतिशत मानिसले विदेनको जीत भएको बताए भने ट्रम्पको पक्षमा ४१ प्रतिशत मान्छेले सहमति जनाए । बाँकी सहभागीले कार्यक्रम नै विवादीत भएको बताए ।

बाइडेनलाई बोल्नै नदिने गरी हस्तक्षेपको तहमा उत्रिएपछि ट्रम्पलाई कार्यक्रम सञ्चालकले उँचो श्वर गरेर हकारेका थिए ।
ट्रम्पले कतिपय सन्दर्भमा प्रतिष्पर्धीप्रति सामान्य शिष्टाचारसम्म पनि नदेखाएको टिप्पणी भएको छ । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावको सिलसिलामा पहिलो टेलिभिजन बहस गरिएको हो ।

खास मुद्दामाथि बहस गरेर र उम्मेदवारको धारणा सार्वजनिक हुने अपेक्षा गरेका अमेरिकीहरुलाई मंगलबारको बहसले निराश पारेको छ ।  बहसमा ट्रम्पमाथि विदेनले कोरोना नियन्त्रणमा असफल भएको, रंगभेद बढेको जस्ता मामलामा ट्रम्पमाथि दोष लगाएका थिए ।
त्यस्तै ट्रम्पले ओबामाकै पालमा रंगभेद बढेको, कोरोनाबाट भारत चीन र रुसले मर्नेको संख्या लुकाएको जस्ता आरोप लगाएका थिए ।

बहसमा कोरोना भाइरसको महामारी, सर्वोच्च अदालत, रंगभेद, अर्थतन्त्र, जलवायु परिवर्तन तथा चुनावी स्वतन्त्रतालगायतका विषयमा राखिएको थियो । यसै गरी ट्रम्पले निर्वाचन हार्दा परिणाम स्वीकार गर्ने प्रतिवद्धता समेत जनाएनन् ।

अर्बौपतिका मालिक ट्रम्पले डेढ दशकयता दश वर्ष कर नै नतिरेको र तिरेको वर्ष पनि जम्मा ७५० डलर कर तिरेको भन्दै समाचार सार्वजनिक भएलगत्तै टेलिभिजन बहस भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ