एजेन्सी असोज १३ । चीनले भारतले गत वर्ष केन्द्र शासित राज्यमा लद्धाखलाई गाभेकोमा मान्यता नदिने दोहोर्याएको छ ।
चीनीया विदेश मन्त्रालयका प्रवक्ता वाङ विनवेनले लद्धाखको स्थापना भारतले अवैध तरीकाबाट गरेको बताए ।
साथै उनले लद्धाखको अवैध ईलाकामा भारतले सैन्य प्रयोजनका लागि निर्माण गरीरहेको भौतिक संरचनाको समेत बिरोध गरे ।
दुबै देशबीच सीमामा संकट आउन नदिन भएका सहमति पछि कुनै पनि कदम नचलेको भन्दै प्रवक्ता वाङले माहौल शान्त पार्ने प्रयासलाई प्रभावित पार्न नहुने बताए ।
लद्धाखलाई सन् २०१९ को अगष्ट ५ मा केन्द्र शासित प्रदेशका रुपमा मोदी सरकारले गठन गरेको थियो ।
सीमामा सन् १९६२ को युद्ध पछि गत जुन १५ मा झडप हुँदा २० जना भारतीय सेना मारिए पछि हतियार, सेना, क्षेप्यास्त्र, लडाकु विमान तैनाथ गरेर दुबै देश आमनेसामने भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline