५ डलरमा कोरोना परिक्षण, १५ मिनेटमा नतिजा :डब्ल्यूएचओ

५ डलरमा कोरोना परिक्षण, १५ मिनेटमा नतिजा :डब्ल्यूएचओ

  • मङ्लबार, अशोज १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

एजेन्सी ।
विश्वभरीको स्वास्थ्यमा चासो राख्ने संगठन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को पहिचान गर्ने एउटा नयाँ उपकरणको विकास भइ रहेको बताएको छ ।
वास्तबमा उक्त उपकरणले गरिब तथा साधारण आय भएका देशहरुमा संक्रमण पत्ता लगाउने क्षमतामा निकै वृद्धि हुने बताइएको छ ।

डब्ल्यूएचओका अनुसार यो उपकरणबाट परीक्षण गर्दा मात्र ५ डलर अर्थात खर्च पर्छ मा पर्दछ र यसले ती देशलाई फाइदा हुनसक्छ जहाँ स्वास्थ्यकर्मीको कमी छ र प्रयोगशाला पनि कम छन् ।

संगठनका अनुसार यो परीक्षण विकसित गर्ने कम्पनीसँग जुन सम्झौता भएको छ, त्यसअनुसार कम्पनीले ६ महिनाभित्र १२ करोड परीक्षण गर्नेछ ।

डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेडरोसले भने, ‘यो नयाँ उपकरण निकै सजिलै ल्याउन– लान सकिन्छ । यसले नतिजा पनि केही मिनेट ९१५ देखि २० मिनेट० भित्र नै प्रदान गर्दछ ।’

औषधी निर्माता कम्पनी ऐबोट एण्ड एसडी बायोसेनरले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनसँग मिलेर १२ करोड परीक्षण तयार गर्न सहमति जताएका छन् ।

यो सम्झौताको फाइदा संसारका १ सय ३३ देशलाई हुनेछ जसमा ल्याटिन अमेरिकाका थुप्रै देश समावेश छन् । यी देश महामारीले नराम्रोसँग प्रभावित छन् ।

पत्रकारसँगको कुराकानीमा डा.टेडरोसले भने, ‘परीक्षणको हिसाबले र अत्यधिक प्रभावित इलाकाका लागि यो एक महत्वपूर्ण उपलब्धि हुनेछ ।’

संगठनका अधिकारीहरुले यो उकरणको खुलेर प्रशंसा गरेकाछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ