के युद्धको तयारीमा जुटेको हो भारत, अर्को शक्तिशाली हतियार निर्भय क्रूज मिसाइल तैनाथ

के युद्धको तयारीमा जुटेको हो भारत, अर्को शक्तिशाली हतियार निर्भय क्रूज मिसाइल तैनाथ

  • सोमवार, अशोज १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 56K
    SHARES

एजेन्सी ।
दुइ आणविक शक्तिशाली देशहरु चीन र भारतको सिमा विवद हालमा वार्ता चलिरहेको छ ।
तर , वार्ता चलिरहदाँ भारत भने आफ्ना शक्तिशाली हतियारहरु सिमा क्षेत्रमा तैनाथ गर्न व्यस्त रहेको छ ।

सोही क्रममा भारतले निर्भय क्रूज मिसाइल पनि तैनाथ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्राप्त समाचार अनुसार ५ महिना भन्दा बढि भएको तनाबको स्थिती हेरेर आफ्ना शक्तिशाली हतियारहरु तैनाथ गरेको हो ।

भारत र चीन पाचँ महिना भन्दा बढि समयदेखि सिमा विवादमा अल्झिएका छन् ।
सिमा क्षेत्रमा दुबै देशहरुले शक्तिशाली हतियारहरु तैनाथ गरेका छन् ।

भारतले तैनाथ गरेको निर्भय क्रूज मिसाइलले १००० किलोमिटर सम्म हान्न सक्छ ।

के हो निर्भय क्रूज मिसाइल र? 
निर्भय क्रूज मिसाइल भारतीय सेनाको एक शक्तिशाली आणविक हातयार भएको भारतीय मिडियाहरुले जनाएका छन् । यस मिसाइलले १००० किलोमिटर रेञ्ज सम्म हान्न सक्छ । यस मिसाइलको क्षमता अमेरिकाको प्रख्यात टोमाहक मिसाइलसँग तुलना गर्न सकिन्छ। यो मिसाइल बिना कुनै लक्ष्यमा आफ्नो लक्ष्य हिट गर्न सक्षम छ।

निर्भय क्रूज मिसाइलले हमला गर्दा शुरुमा यो अरु रकेट जस्तै ठाडो जान्छ र तेर्सो हुन ‘९० डिग्री’ मा फर्कन्छ ।

यो मिसाइलको परिक्षण १२ मार्च २०१३ मा गरिएको थियो । यो मिसाइल ६ मिटर लामो र ०.५२ मिटर चौडाइको रहेको छ ।
यो १५०० किलोग्राम भारी छ ।

टी ९० भीष्म टैंक पनि तैनाथ

भारतीय सेनाको सबैभन्दा ठुलो हतियार अथवा शक्ति टी-९० भीष्म ट्यांकर आधुनिक हतियार मध्य अचुक हतियार पनि भारतले तैनाथ गरेको छ ।

 

 

यसमा १००० हर्स पावरको इन्जीन जडान गरिएको छ । यो टैंकले एक चोटिमा ५५० कि.मि दुरी पार गर्न सक्छ । यो टैंक ४८ टन भारी छ ।
भीष्म टैंकले राति या दिउसो जुनै बेलामा पनि दुष्मन विरुद्ध आक्रमण गर्न सक्छ ।
यो विश्वको हलुका टैंक मध्य एक हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ