एजेन्सी ।
आर्मेनिया र अजरबैजानको सेनाका बीच नागोर्ना-काराबाख सिमा क्षेत्रमा विवाद सुरु भएको छ।
उक्त झडपमा दुवै पक्षले हवाई हमला शुरु गरेका छन् ।
झडपमा अजरबैजानको एक हेलिकोप्टर खसालिएको छ ।
अजरबैजानको अनुसार आफुहरुले उक्त विवादमा भएको गोलावारिदको जवाफमा आफुहरुले हवाइ हमला गरेको हो ।
उक्त झडपमा परेर दुवै पक्षका आम सर्वसाधरणको मृत्यु भएको छ ।
लामो समयदेखि चलिरहेको संघर्ष पछिल्लो महिनाहरुमा तीव्र भएको छ।
यता रसियाको परराष्ट्र मन्त्रालयले भने तुरुन्त युद्धविरामको मागेको छ। रसियाले परिस्थिति स्थिर पार्न वार्ता गर्नुपर्ने बताएको छ ।
यता आर्मेनिया र अजरबैजान दुबै १९९१ भन्दा पहिले सोभियत संघको हिस्सा थिए।
नागोर्ना-काराबाखको सुल्झाइएको मुद्दमा दुबै पक्ष चार दशकदेखि द्वन्द्वको स्थितिमा छन। नागोर्ना-काराबाख अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको भागका रूपमा देखिन्छ तर आर्मेनियालीहरूद्वारा यसलाई नियन्त्रण गर्दछ ।