यदी चीन बिरुद्ध पहिलो फायर गर्छ भने भारतले दोस्रो फायरको मौका नै पाउने छैनः चीनीया विज्ञको प्रतिकृया

यदी चीन बिरुद्ध पहिलो फायर गर्छ भने भारतले दोस्रो फायरको मौका नै पाउने छैनः चीनीया विज्ञको प्रतिकृया

  • शनिबार, अशोज १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 81.2K
    SHARES

एजेन्सी असोज १० । चीन र भारतबीच लद्धाखमा जारी तनाव अझै साम्य हुन सकेको छैन । मस्कोमा दुबै देशका विदेशमन्त्रीबीच भएको पाँचबुदे सहमति कार्यन्वयन भएको देखिएको छैन । सैन्य अधिकारी स्तरमा ६ पटक भएको वार्तामा पनि कुने निष्कर्ष निस्किसकेको छैन ।
१९६२ को युद्ध पछि पहिलो पटक जुन १५ मा रक्तपातपूर्ण झडपमा २० जना भारतीय सेना मारिए पछि आक्रामक बनेको भारतीय अधिकारीहरुलाई उद्धत गर्दै केही दिन अघि भारतीय अखबार द हिन्दुले यदी चीनीया सेना अघि बढेमा भारतीय सेनाले गोली हान्ने चेतावनी दिए पछि चीनीया विज्ञहरुले त्यस प्रति टिप्पणी गरेका छन् ।
लिउ झोगं यीले ग्लोबल टाईम्समा प्रकाशित एक टिप्पणीमा यदी जनमुक्ति सेना बिरुद्ध भारतीय सेनाले फायर गर्ने साहस गरे दोस्रो फायर गर्ने कुनै मौका नपाउने दाबी गरेका छन् ।
उनले भारतलाई विकाससील ब्रोदर देशको रुपमा हेरेका कारण चीनले युद्ध नचाहेको भन्दै यदी भारतले उक्साहटपूर्ण गतिविधि जारी राखेमा र फायर खोलेमा त्यो भारतका लाघि घातक हुने बताएका छन ।
लिउले भारतले अमेरीकाले चीनमाथि रणनीतिक दबाब बनाईरहेका बेला बोडर विवाद उचालेको र अमेरीकी सहारामा चीनको प्रतिरोध गर्ने नीति लिएको भन्दै अब भारत बिरुद्ध चीनले आफ्ना नीतिहरुमा पुर्नमुल्याकंन गर्नु पर्ने र कडा बन्नु पर्ने समय आएको सुझाव पनि दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ