चीनीया सेना अघि बढेमा गोली हान्ने भारतको चेतावनी

चीनीया सेना अघि बढेमा गोली हान्ने भारतको चेतावनी

  • शुक्रबार, अशोज ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 33.1K
    SHARES

एजेन्सी असोज ९ । चीन र भारतबीच लद्धाखमा सीमा विवाद चरम तनावमा पुगेका बेला भारतीय अधिकारीले यदी चीनीया जनमुक्ति सेना अघि बढेमा भारतीय सेनाले गोली चलाउने चेतावनी दिएका छन् ।
द हिन्दुसगँ कुरा गर्दै यदी चीनीया सेना अघि बढेमा गोली चलाउने अधिकार भारतीय सेनालाई दिईएको ती अधिकारीले दाबी गरे ।
पैगोग सो लेक नजिक यो समस्या बढी देखिएको छ । सो क्षेत्रमा पटक पटक दुबै देशका सेनाले हवाइ फायर गरेका छन् ।
केही समय पहिला चीनीया र भारतीय रक्षा तथा विदेश मन्त्री स्तरमा पटक पटक भएको छलफलमा विवादको शान्तिपूर्ण समाधान गर्ने सहमति भए पनि लद्धाखमा तनाब बढीरहेको छ ।
बरिष्ठ सरकारी अधिकारीसगँ कुरा गरेको भन्दै हिन्दुले लेखे अनुसार राति वा दिउसो जुनसुकै समयमा गोली हान्न सक्ने चेतावनी चीनलाई ती अधिकारीले दिएका छन् ।
दुबै देशले क्षेप्यास्त्र, हतियार, लडाकु विमान र ठूलो संख्यामा सेना तैनाथ गरेका छन् ।
गलवान भ्यालीमा १५ जुनमा भएको झडपमा २० जना भारतीय सेना मारिए पछि भारत आक्रामक बन्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ