एजेन्सी ।
चीनको वुहान सहरबाट जनमासमा फैलिन सुरु भएको काभिड -१९ “कोरोना भाइरस” अहिले महामारीको रुपमा रहेको छ । यसैबिच चीनको उत्तर पश्चिमी इलाकामा रहेको गेन्सू प्रान्तको लानजोउ शहरमा सयौं मानिसहरु एक नयाँ संक्रमणबाट सक्र्रमीत भइरहेका छन् ।
लानजोउ शहरको बासिन्दाहरु ब्रूसेलोसिस ब्याक्टेरियाबाट फैलिरहेको संक्रमणबाट पीडित भइरहेका छन् ।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले गेन्यू प्रान्टको सेन्टर फर डिजिज कन्ट्रोल विभागलाई उद्धृत गर्दै यो ब्याक्टेरियाका कारण करिब ३ हजार २ सय ४५ जना संक्रमित भएको जानकारी दिएको छ ।
गत सोमबार २१ हजार व्यक्तिको परीक्षण गरिएको थियो जसमा सुरुवाती रुपमा ४ हजार ६ सय ४६ व्यक्ति पोजेटिभ देखिएका थिए । यद्यपि, यो संख्या अझै धेरै हुनसक्छ र हाल यो फैलने हो कि भनेर प्रशासन र सर्वसाधारण चिन्तामा छन् ।
पत्रिकाको रिपोर्ट अनुसार ११ सरकारी संस्थालाई निःशुल्क परीक्षण र उपचारका लागि अस्पतालको दर्ता दिइएको छ ।
प्राप्त न्युज अनुसार यो रोग प्राय जनावरमा लाग्ने र संक्रमण भएको जनावरको सम्पर्कमा आए मानिसहरुपनि संक्रमित हुन्छन् ।
तर , यो ब्याक्टेरिया मान्छे मान्छेमा सर्ने सम्भावना कम हुन्छ ।
यो ब्याक्टेरिया गत वर्ष जुलाई–अगस्टमा एक फ्याक्टिमा भएको चुहावट पछि फैलिएको थियो ।
ज्वरो आउनु, पसिना निस्कनु, थकाई ला