एजेन्सी ।
भारतस्थीत उत्तर प्रदेशमा एक गर्भवती महिलाको पेटमा उनकै पतिले हँसियाले चिरिदिएका छन् ।
छंटौ पटक पनि गर्भमा छोरी नै रहेको आशंकामा आफ्रनै पतिले गर्भवती पत्नीको पेट हसिँयाले चिरिदिएको समाचारमा उल्लेख गरेको छ ।
उस अघि उनिहरुको पाचँओटा छोरीहरुको जन्म भईसकेको छ ।
उत्तर प्रदेश बदायूं जिल्लाका पन्नालाललाई धारिलो हतियारले आफ्नी पत्नीको पेट चिरेको आरोपमा प्रहरीले गिरफ्तार पनि गरेको छ ।
गम्भीर अवस्थाकी गर्भवती महिला अनीताको दिल्लीको एक अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ ।
पाँच वटी छोरी जन्माइसकेकी अनीताको पेटमा रहेको बच्चा छोरा हो वा छोरी भन्ने पत्ता लगाउन पन्नालालले हँसियाले पेट चिरेको अनीताकी बहिनीले बताएकी छिन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline