एजेन्सी असोज ३ । चीनलाई सुरक्षा सम्बन्धि गोप्य दस्तावेज बेचेको भन्दै भारतीय सुरक्षाकर्मीले दिल्लीका वरिष्ठ पत्रकार राजीव शर्मासगैँ एक नेपाली नागरिक र चीनीया महिलालाई नियन्त्रणमा लिएको छ ।
१४ सेप्टेम्बरमै गोप्य कार्बाही अन्तर्गत समातिए पनि उनीहरुलाई आज मात्र सार्वजनिक गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
ती पक्राउ पर्ने नेपाली औषधी निर्यातकर्ता भएको भनिए पनि उनको नाम र नेपालको ठेगाना सार्वजनिक भएको छैन । त्यस्तै सोही व्यवशाय गर्ने एक चीनीया महिलालाई पनि भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
पत्रकार शर्माले सेना र सीमा सुरक्षासम्बन्धि जानकारी चीनलाई दिने गरेको र एउटा सूचना बापत एक हजार डलर लिने गरेको भारतीय प्रहरीको दाबी छ ।

उनले सन् २०१६ देखि २०१८ सम्ममा ४० लाख बढी भारु हात पारेको दाबी समाचारमा छ ।
नेपाली नागरिक र चीनीया महिलालाई राजीवलाई रकम दिएको आरोपमा गिराफ्तार गरिएको छ ।
ती नेपाली नागरिक र चीनीया महिलाले महिलापुरबाट चीन तर्फ औषधी निर्यात गर्ने कम्पनी रहेको समाचारमा दाबी गरिएको छ ।
लद्धाखमा दुबै देशबीच तनावपूर्ण स्थिति रहेका बेला यो कार्बाही भएको छ ।
पकाउ परेका सबैलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।