एजेन्सी असोज ३ । भारत नियन्त्रित कास्मीरमा ईन्काउन्टरमा आतंकवादी भन्दै निर्दोष मान्छे मार्ने गरेको प्रमाणित भएको छ । मोदी सरकारले कास्मीरको स्वायत्तता खारेज गरेर केन्द्रमा गाभे पछि ठूलो संख्यामा सुरक्षाबल तैनाथ गरे यता थुप्रै निर्दोष मानिसको राज्यले हत्या गरेको देखिएको हो ।
कास्मीरमा कफ्र्युका भरमा सत्ता चलिरहेको, ईन्टरनेट जस्ता सेवा बन्द भएको, शान्तिपुर्ण प्रदर्शनमा पेलेट गन प्रयोग गरेर जनतालाई अन्धो बनाईदै गरेको भनेर विरोध हुदै आएको थियो ।
यसै क्रममा स्वयं भारतीय सेनाले ईन्काउन्टरका नाममा निर्दोष मानिस मारिएको स्वीकार गरेको छ ।
सामाजिक सञ्जालमा व्पायक विरोध भए पछि सेनाले गरेको छानविनका क्रममा कास्मीरको सोपियामा तीन निर्दोष युवा मारिएको स्वीकार गरिएको छ ।
साथै सेनाले अप्रेसनमा संलग्न दोषी जवानमाथि कडा कार्बाही गर्ने बचन दिएको छ ।
ती युवाहरुको हत्या १८ जुलाईमा भएको थियो ।
अगष्ट ५, २०१९ मा भारतले कास्मीरको स्वायत्तता खारेज गरेर नियन्त्रणमा लिएको थियो ।