गलवान घाटीमा चिनियाँ सैनिकको मृत्यु भएको ग्लोबल टाइम्सको स्विकार

गलवान घाटीमा चिनियाँ सैनिकको मृत्यु भएको ग्लोबल टाइम्सको स्विकार

  • शुक्रबार, अशोज २, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.9K
    SHARES

एजेन्सी ।
भारत र चीनको विवादित सिमा क्षेत्र गलवान घाटीमा चिनिँया सैनिकको मृत्यु भएको चिनिँया सरकारी मिडिया ग्लोबल टाइम्सले स्विकारको छ ।
ग्लोबल टाइम्सका सम्पादक सम्पादक हू शिजिनले बिहिबार ट्वीट गर्दै स्विकारेका हुन् ।

१५ जूनमा गलवान घाटीमा चीन र भारतीय सैनिकबीच हिंस्रक झडप भएको थियो । यसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।
चीनका सैनिक कति संख्यामा हताहत भए यसको आधिकारिक जानकारी हालसम्म आएको छैन । ग्लोबल टाइम्सजस्तो पत्रिकाले पनि चिनियाँ सैनिकको मृत्यु अस्विकार गर्दै आएको छ ।
तर,अब पहिलो पटक यसै पत्रिकाका सम्पादकले चिनियाँ पक्षको क्षतीबारे स्विकारेका छन् ।

ग्लोबल टाइम्स पत्रिकाका सम्पादक हू शिजिनले बिहिबार आफ्नो ट्वीटमा भने, ‘जति मलाई थाहा छ त्यसको हिसाबले गलवान घाटीमा १५ जूनमा भारतका २० सैनिकको मृत्युको तुलनामा चिनियाँ सैनिक निकै कम हताहत भएका थिए । चिनियाँ सैनिक कसैलाई पनि भारतीय सैनिकले पक्राउ गरेका थिएनन् जबकी पिएलए (चीनको पिपल्स लिबरेशन आर्मी) का जवानले थुप्रै भारतीय सैनिकलाई पक्राउ गरेका थिए ।’
यो ट्वीटसहित एक भारतीय समाचार रिपोर्टको स्क्रिनसट पनि राखिएको थियो जसमा फेक न्यूजको मार्क लगाइएको थियो ।

बिहिबार रक्षामन्त्री राजनाथ सिंहले भारत चीनसामू नझुक्ने र हरेक प्रकारको चुनौतीका लागि तयार भएको बताएका छन् ।

यद्यपी चीनको सरकारी मिडिया ग्लोबल टाइम्सलाई कम्युनिष्ट पार्टीको मुखपत्र पनि भनिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ