म बाथरुमबाट बाहिर निस्कना साथ जबरजस्ती समातेर किस खान थालेः पूर्व मोडेलले ट्रम्पमाथि लगाईन यौन शोषणको आरोप

म बाथरुमबाट बाहिर निस्कना साथ जबरजस्ती समातेर किस खान थालेः पूर्व मोडेलले ट्रम्पमाथि लगाईन यौन शोषणको आरोप

  • शुक्रबार, अशोज २, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.1K
    SHARES

एजेन्सी असोज २ । पूर्व अमेरीकी मोडल एमी डोरिसले निर्वाचन नजिकिदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि यौन शोषणको आरोप लगाएकी छन् । उनले बेलायती अखबार गार्जियनलाई दिएको एक अन्तवार्तामा ५ सेप्टेम्बर १९९७ मा अमेरीकामा युएस ओपनको समयमा बाथरुमबाट आफू बाहिर निस्कनासाथ त्याहाँ खडा भएर बसेका ट्रम्पले एक्कासी अंगालो मारेर जबरजस्ती गर्दनमा किस गरेको, सबै अंगहरुमा हात पुर्याएको र आफूले बल गर्दा पनि ट्म्पको प्रतिकार गर्न नसकेको डोरिसले बताएकी छन् ।
त्यतिखेर ट्रम्प ५१ बर्षका थिए भने डोरिस २४ बर्षकी । यो घटनापछि आफू बिरामी परेको र अपमानित महसुस गरेको उनले बताएकी छन् ।
यस आरोपको ट्म्पले वकिलहरु मार्फत खण्डन गरेका छन् ।
डोरिस अहिले फ्लोरिडामा बस्छिन् । अहिले डोरिस ४८ बर्षकी छिन् र जुम्ल्याहा छोरी छन् ।
यस अघि पनि थुप्रै महिलाले ट्रम्पमाथि यौन शोषणको आरोप लगाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी