भारतको सेना पूर्ण रुपले तयार छ चीन बिरुद्ध अझै कडा कदम चाल्न सक्छौः राजनाथ सिंह

भारतको सेना पूर्ण रुपले तयार छ चीन बिरुद्ध अझै कडा कदम चाल्न सक्छौः राजनाथ सिंह

  • बिहिबार, अशोज १, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

एजेन्सी असोज १ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सीमा क्षेत्रमा सेनाले सम्पूर्ण तयारी पूरा गरेको र चीन बिरुद्ध अझ कडा कदम चाल्न सक्ने चेतावनी दिएका छन् ।
चीनले भारतले उक्साहटपूर्ण गतिविधि तत्काल बन्द गर्न दिएको चेतावनीको भोलिपल्टै भारतीय रक्षामन्त्री सिंहले राज्यसभामा बोल्दै नियन्त्रण रेखामा जुनसुकै जवाफी कार्बाहीका लागि भारतीय सेना तयार रहेको बताए ।
चीनले औपचारीक सीमा नमानेको भन्दै उनले गलवानमा चीनलाई ठूलो क्षति पुर्याएको समेत दाबी गरे ।
जुन १५ मा गलवानमा भएको झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो ।
उनले शान्तिपूर्ण रुपमा समस्याको समाधान गर्ने भारतले चाहे पनि चीनले सम्झौता उलंघन गर्दै आएको बताए ।
दुबै देशबीच सीमामा बढ्दो तनाबका बीच भारतीय रक्षा मन्त्रीको यो टिप्पणी आएको हो । सीमा क्षेत्रमा १९६२ पछि पहिलो पटक युद्धको व्यापाक तयारी दुबै देशले गरीरहेका छन् ।
ठूलो संख्यामा सेना, लडाकु विमान, क्षेप्यास्त्र, टैंक तैनाथ तीव्र भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ