भदौ ३१ एजेन्सी । चीनले लद्धाखमा झडप सहित अहिले सम्म भएका घटनाका लागि भारत दोषी रहेको दाबी गर्दै तत्काल चीनलाई उक्साउने काम बन्द गर्न चेतावनी दिएको छ ।
आज नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनीया विदेश मन्त्रालयका प्रवक्ता वागं वेनविनले भारतले आफ्नो गलत हर्कत सुधार्नु पर्ने बताए । भारतले एक तर्फी रुपमा नियन्त्रण रेखा पार गरेको, उक्पाहटपूर्ण कार्बाही गरेको भन्दै दुबै देशबीच शाान्तिपूर्ण रुपमा समस्याको समाधान गर्न भएको सहमतिको कार्यन्वयन गर्न पनि प्रवक्ता वागं यि ले आग्रह गरे ।
हिजो भारतीय रक्षा मन्त्री राजनाथ सिंहले लद्धाखमा समस्याको समाधान नभएको भनी प्रतिकृया दिएको भोलिपल्ट चीनको यो भनाई आएको हो ।
केही दिन अघि मस्कोमा चीन र भारतका विदेशमन्त्रीका बीचमा पाँच बुदे सहमति भएको थियो । जसमा शान्तिपूर्ण रुपमा समस्याको समाधान गर्न सहमत भएका थिए ।
सन् १९६२को युद्ध पछि पहिलो पटक गत जुन १५ मा दुबै देशका सेनाबीच रक्तपातपूर्ण झडप भएको थियो । जसमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो ।
त्यस पछि पनि पटक पटक गोली हानाहान र झडप भएका छन् । दुबै देशको ३५ सय किलो मिटर लामो सीमा विवाद रहेको छ ।