ईरानलाइ ट्रम्पको धम्की:अमेरिकाविरुद्ध कुनै हमला गरे इरानमाथि १ हजार गुणा बढी म्याग्नेच्युडको आक्रमण गर्ने

ईरानलाइ ट्रम्पको धम्की:अमेरिकाविरुद्ध कुनै हमला गरे इरानमाथि १ हजार गुणा बढी म्याग्नेच्युडको आक्रमण गर्ने

  • मङ्लबार, भदौ ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

एजेन्सी ।
पछिल्लो समय ट्रम्पले एक ट्वीट गर्दै ईरानलाई धम्की दिएका छन्। उनले सञ्चारमाध्यममा निकै चर्चा पाएको रिर्पोटको आधारमा उक्त ट्वीट गरेका हुन् ।
ट्रम्पले ‘गत जनवरीमा भएको आफ्ना कमाण्डर जनरल सुलेमानीको हत्याको बदला अमेरिकासँग लिनेगरी ईरानले योजना बनाइरहेको छ ।’ यस रिपोर्टपछि ट्वीटरमार्फत ईरानलाई धम्की दिएका छन् ।

उनले लेखेका छन्– ‘मिडिया रिपोर्टस्काअनुसार ईरानले आतंकवादी नेता सुलेमानीको हत्याको बदला लिन अमेरिकाविरुद्ध हत्या वा अन्य आक्रमणको योजना बनाइरहेको छ । यो योजना भविष्यको आक्रमण, अमेरिकी सेनाको हत्या र यातनासँग सम्बन्धित छ । ईरानले कुनै पनि ढंगले अमेरिकाविरुद्ध कुनै आक्रमण गर्यो भने ईरानविरुद्ध १ हजार गुणा बढी म्याग्नेच्युडको आक्रमण हुनेछ ।’

आइतबार सुलेमानीको हत्याको बदला लिन ईरानले दक्षिण अफ्रिकाका लागि अमेरिकी राजदूतको हत्या गर्ने योजना बनाइरहेको समाचार पोलिटिको डटकममा छापिएको थियो । सोमबार ईरानी विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले यस्तो आरोपको खण्डन गरेका थिए । उनले अमेरिकाले अन्तर्राष्ट्रिय समुदायमा ईरानविरोधी प्रोपोगान्डा फैलाउन बन्द गर्नुपर्ने बताएका थिए ।
उनले यस दाबी ईरानविरुद्धको ट्रम्प प्रशासनको काउन्टर–इन्टेलिजेन्स अभियानको हिस्सा रहेको बताएका थिए । ‘यो दाबी एकपक्षीय, सुनियोजित र बनावटी हो’ उनले भनेका थिए ।

जनवरी ४ मा बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको ड्रोन आक्रमणमा ईरानी क्वाद सेनाका जनरल सुलेमानी मारिएका थिए ।

सुलेमानीले अमेरिकी सेनामाथि ठूलो आक्रमण गर्ने योजना बनाइरहेका कारण धेरैभन्दा धेरै मानिसको ज्यान जोगाउन उनको हत्या गर्नुपरेको वासिङ्गटनको दाबी थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ