सुगा जापानको नयाँ प्रधानमन्त्री बन्दै

सुगा जापानको नयाँ प्रधानमन्त्री बन्दै

  • सोमवार, भदौ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी, भदौं २९ । लामो समय प्रधानमन्त्री रहेका सिन्जो आवेले स्वास्थ्यका कारण राजीनामा दिए पछि जापानमा वर्तमान सरकारका मुख्य क्याबिनेट सेक्रेटरी रहेका योसिहिडे सुगा नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

सोमबार जापानिज सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक (एलडीपी) ले सुगालाई सिन्जो आबेको स्थानमा नयाँ नेता चुनेसँगै उनी प्रधानमन्त्री बन्ने पक्का भएको हो ।
उनको पक्षमा ५३४ मध्ये ३७७ मत परेको थियो । सुगाले आबेको मन्त्रिमण्डलमै परराष्ट्र मन्त्री रहेका थिए । फुमिओ किशिडा र रक्षा मन्त्री रहेका शिगेरु इसिबालाई पराजित गरे ।

यद्यपि, प्रधानमन्त्री चयनका लागि भने बुधबार बस्ने संसद बैठकले निर्णय लिने जनाइएको छ ।

जापानको संसदमा सत्तारुढ एलडीपी पार्टीको नै बहुमत रहेको छ । सन् २०२१ को सेप्टेम्बरमा हुने निर्वाचनसम्म नयाँ प्रधानमन्त्रीको कार्यकाल रहने छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ