एजेन्सी भदौ २८ । कोरोना नियन्त्रणमा पाकिस्तानले अन्तराष्ट्रिय चर्चा पाएको छ । मित्र राष्ट्र पाकिस्तानमा शुरुमा कोरोना लगभग ईटाली जस्तो अवस्था देखिएको थियो । तर अचानक पाकिस्तानमा कोरोना संक्रमितको ग्राफ तल आएको छ र सक्रिय संक्रमितको कुरा गर्ने हो भने नेपालको भन्दा पनि आधा भन्दा अझ कम छ ।
आजको मितिमा पाकिस्तानमा सक्रिय संक्रमित ६ हजार हाराहारी मात्रै रहेका छन् । ६ हजार ३ सय बढीको मृत्यु भएको छ । कुल ३ लाख एक हजार बढी संक्रमित रहेका छन् ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनाम गेब्रियसिसले पुरै विश्वले पाकिस्तानबाट सिक्न जरुरी रहेको बताए । पाकिस्तान सहित जापान, दक्षिण कोरीया, न्युजील्याण्ड सहित केही मुलुकको नाम पनि टेड्रोसले समावेश गरे ।
उनले घर–घर गएर बच्चाहरुलाई पोलियो भ्याक्सिन दिने पाकिस्तानको कम्युनिटी हेल्थ वर्करको प्रशंसा गरे । यही विधि र सरकारले लिएको नीतिका कारण पाकिस्तानले कोरोना नियन्त्रणमा लिएको डब्लुएचओले विस्वास गरेको छ ।