अक्सफोर्डको रोकिएको भ्याक्सिनको ट्रायल पुनः सुचारु हुने

अक्सफोर्डको रोकिएको भ्याक्सिनको ट्रायल पुनः सुचारु हुने

  • आइतवार, भदौ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी ।
एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले तयार पार्दै गरेको कोरोनाको भ्याक्सिनको ट्रायल पुनः सुचारु हुने भएको छ । ट्रायलमा सहभागि एक व्यक्तिमा केही समस्या देखिएपछि गत मंगलबार ट्रायल रोकिएको थियो ।

एस्ट्राजेनेकाले ती व्यक्तिमा देखिएको समस्या भ्याक्सिनसँग सम्बन्धित भए नभएको अनुसन्धान गर्नका लागि ट्रायल रोकेको जानकारी दियो ।

हेल्थ सेक्रेटरी म्याट ह्यानककले ट्रायल सुचारु हुने खबरले आफूलाई उत्साहित बनाएको जानकारी दिएका छन् ।

‘ट्रायललाई रोक्नुको अर्थ यो हो कि हामीले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्छौं । हामीले हाम्रा वैज्ञानिकलाई प्रभावकारी भ्याक्सिनलाई चाँडोभन्दा चाँडो विकास गर्न सहयोग गर्नेछौं,’ उनले भने ।

युनिभर्सिटीले एक वक्तव्य जारी गर्दै यस्ता ठूलो प्रकारको ट्रायलमा बेला आफूहरुले केही सहभागी बिरामी हुनसक्ने आशा राखेको पनि बतायो ।

द मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्ट रेगुलेटरी एजेन्सीले स्वतन्त्र रुपमा समीक्षा गरेपछि ट्रायल पुनः सुचारु हुन लागेको हो ।

गोपनियताका कारण बिरामीबारे जानकारी नदिइने बताएपनि न्यूयोर्क टाइम्सले ती बिरामीमा ट्रान्सभर्स मिलिटिस देखिएको बताएको छ । यो एउटा यस्तो स्थिती हो जसले बिरामीको मेरुदण्डलाई असर गर्छ जुन विशेषगरी भाइरसको संक्रमणका कारण हुने गर्दछ ।
स्रोत: बीबीसी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ