चीनद्धारा अमेरीकाले आफ्ना कुटनीतिक र विद्यार्थीमाथि लगाएको प्रतिवन्धको बिरोधमा सबै अमेरीकी कुटनीतिज्ञहरुमाथि प्रतिवन्ध लगाउने चेतावनी

चीनद्धारा अमेरीकाले आफ्ना कुटनीतिक र विद्यार्थीमाथि लगाएको प्रतिवन्धको बिरोधमा सबै अमेरीकी कुटनीतिज्ञहरुमाथि प्रतिवन्ध लगाउने चेतावनी

  • शनिबार, भदौ २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी भदौ २७ । चीनले अमेरीकाले एक पछि अर्को गर्दै चीनीया कुटनीतिक व्यक्तिहरु र विद्यार्थीको भिसा रद्ध गर्ने जस्ता अमेरीकी निर्णय सच्याउन माग गर्दै चीनमा पनि अमेरीकी कुटनीतिज्ञहरुमाथि प्रतिवन्ध लगाउने घोषणा गरेको छ ।
चीनले अमेरीकी दुतावास, कन्सुलेटहरु र हगंकंगमा रहेको कन्सुलेटमा पनि प्रतिवन्ध लगाउने चेतावनी शुक्रबार जारी गरेको हो ।
बिहीबार मात्रै अमेरीकाले चीनीया कुटनीतिज्ञहरु, विद्यार्थीहरु र विभिन्न सांस्कृतिक ईभेन्टहरुका लागि गएका नागरिकहरुमाथि प्रतिवन्ध भिसा रद्ध जस्ता घोषणा गरेका थियो ।
यस अघि पनि अमेरीकाले एक चीनीया महावाणिज्य दुतावास बन्द गराए पछि चीनले पनि जवाफमा एक अमेरीकी महावाणिज्य दुतावास बन्द गराएको थियो ।
व्यापार युद्धदेखि प्रतिवन्ध जस्ता तनावहरुले दुबै देशको सम्बन्ध अझै खराब स्थितितिर गईरहेका बेला यो कार्बाहीहरु जारी रहेका छन् ।
ट्रम्पले नोभमेम्बरको राष्ट्रपतिय निर्वाचन अघि अझ चीन बिरुद्ध आक्रामक बन्दै गईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ