चीनीया पत्रकारले भारतीय सेना लद्धाखबाट नहटे चिसोले वा कोरोनाले मर्ने र युद्ध हार्ने भने पछि ट्रोल

चीनीया पत्रकारले भारतीय सेना लद्धाखबाट नहटे चिसोले वा कोरोनाले मर्ने र युद्ध हार्ने भने पछि ट्रोल

  • शुक्रबार, भदौ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

एजेन्सी भदौ २६ । चीनीया पत्रकार हु सिजियानले ट्वीटरमा लद्धाखबाट भारतीय सेना पछि नहटे जाडो महिनामा पनि चीनले टक्कर दिईरहने र धेरै भारतीय सेना चिसोले मर्ने वा कोरोनाले मर्ने र युद्ध भएमा छिटो पराजीत हुने भनेर ट्वीट गरे पछि ट्रोल भएका छन् ।
१५ घण्टा अघि उनले यो ट्वीट गरे पछि भारतीयहरुले ट्रोल बनाएका हुन् ।
हु ले भारतीय सैन्य आपुर्ति प्रणाली कमजोर रहेको र युद्धमा छिट्टै पराजीत हुने बताए पछि भारतीयहरु आक्रोसित प्रतिकृयामा उत्रिएका छन् ।


यस्तै ग्लोबल टाईम्सले पनि ट्वीटर ह्याण्डलमा भारत शान्ति चाहन्छ भने नोभमेम्बर ७, १९५९ को सम्झौता अनुसार फर्कनु पर्ने टिप्पणी गर्दै यदी भारत युद्ध चाहन्छ भने त्यो ईच्छा पनि चीनले पुरा गर्ने चेतावनी दिएको छ ।


भारत र चीनबीच सीमाको तनावसगैँ वार्ता र सहमतिको कोशिस चलिरहे पनि प्रचार युद्धमा भने एक अर्का बिरुद्ध अझ बढी भारतीय मिडिया खनिन छाडेका छैनन् ।
्भारतीयहरुले भने यसको विरोध गर्दै भारत विश्वकै अग्लो युद्ध क्षेत्र सियाचिनमा समेत हर हमेसा डटिरहेको भन्दै चीनीया टिप्पणीप्रति असन्तुष्ट बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ