चीन र भारतबीच सीमा विवाद समाधान गर्ने प्रयास स्वरुप पाँच बुदे सहमति

चीन र भारतबीच सीमा विवाद समाधान गर्ने प्रयास स्वरुप पाँच बुदे सहमति

  • शुक्रबार, भदौ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.1K
    SHARES

एजेन्सी भदौ २६ । लद्धाखमा सैन्य तनाब बढीरहेका बेला चीन र भारतबीच पाँच बुदे सहमति भएको छ । मस्कोमा बिहिबार साँझ चीनीया विदेश मन्त्री यागं यी र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भएको वार्तामा उक्त सहमति भएको हो ।
पाँच बुदे सहमति अनुसार आपसि मतभेदलाई विवादमा नबदल्ने,सीमा क्षेत्रको तनाव दुबै देशको पक्षमा नभएकाले सैन्य स्तरमा वार्ता जारी राख्ने र माहौल शान्त बनाउने,सीमाका बिषयमा मौजुदा सहमतिको पालना गर्ने र शान्ति कायम गर्ने, सीमानाको बिषयमा बिशेष प्रतिनिधिहरुका बीचमा वार्ता जारी राख्ने, बोर्डरमा शान्ति कायम भए पछि दुबै देशले आपसि सम्बन्ध अगाडी बढाउने सहमति भएको छ ।
यस सहमतिका बाबजुद बोर्डरमा दुबै देशको सेना केन्दीत छन् भने हतियार, लडाकु विमान, क्षेप्यास्त्र तैनाथ कायम छ ।
सन् १९६२ को युद्ध पछि पहिलो पटक गत जुन १५ मा २० जना भारतीय सेनाको ज्यान जाने गरी भएको झडप पछि माहौल तनावपूर्ण बनीरहेको छ । केही दिन अघि दुबै देशका सेनाले हवाई फायर समेत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ