चिनियाँ र भारतीय सैनिकबीच भएको झडपको भिडियो भाइरल

चिनियाँ र भारतीय सैनिकबीच भएको झडपको भिडियो भाइरल

  • बिहिबार, भदौ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 57.9K
    SHARES

 

एजेन्सी ।
चिन र भारतको विवादीत सीमा क्षेत्रमा दुइ देशका सैनिकहरुबिच मुक्का र लठ्ठी बर्साउँदै गरेको भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । दुई देशबीच सीमामा भएको झडपको सम्भवतः पहिलोपटक सार्वजनिक भएको भिडियोमा सैनिकहरु एउटा नदीको किनारमा भिडिरहेको देख्न सकिन्छ ।

गत जुन १५ मा भारतको लद्दाख क्षेत्रमा रहेको गलवान क्षेत्रमा दुई देशका सैनिकबीच हिंस्रक झडप भएको थियो । उक्त घटनामा कम्तिमा २० जना भारतीय सैनिक मारिएका थिए । बेइजिङले भने उक्त घटनामा ब्यहोरेको क्षति सार्वजनिक गरेको छैन ।

चिनियाँ सैनिक स्रोतका अनुसार उक्त भिडियो सबैभन्दा पहिले मंगलबार राति सामाजिक सञ्जालमा देखिएको थियो । उक्त भिडियो वास्तविक भएको र सम्भवतः केही महिनाअघि खिचिएको स्रोतको भनाइ छ ।

आफ्नो नाम उल्लेख नगर्ने सर्तमा सैनिकहरुले बन्दुकको प्रयोग नगरेर संयमता देखाएको बताए । उक्त भिडियोमा चिनियाँ सैनिकहरुसँग लठ्ठी र दंगा हुँदा प्रयोग हुने ढाल रहेको देख्न सकिन्छ भने भारतीय सैनिकहरुले बन्दुक बोकेको देखिन्छ । तर, उनीहरुले बन्दुक चलाएनन् ।

लाखौँ पटक हेरिएको यो भिडियोको वाटरमार्क हेर्दा चिनियाँ फोनबाट खिचिएको देख्न सकिन्छ । एक सैन्य विज्ञका अनुसार उक्त भिडियो १५ जुनमा भएको हिंस्रक झडपको नभएर त्योभन्दा अघि गलवान नदीमा मे महिनामा भएको झडपको हुनसक्ने बताए ।

उनले आफूसँग झडपको भिडियो प्रमाण रहेको देखाउन बेइजिङले नै उक्त भिडियो सचेतरुपमा सार्वजनिक गरेको हनुसक्ने आशंका पनि व्यक्त गरे ।
‘सायद बेइजिङले चिनियाँ जनता र भारतलाई सन्देश दिन चाहन्छ कि कसले सहमतिको उल्लंघन गर्यो (गोली चलाएर) र कसले झडप सुरु गर्यो भन्ने आफूसँग भिडियो प्रमाण छ,’ उनले भने ।

source : South China Morning post

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ