एजेन्सी, २५ भदौ । विश्वमा कोरोना भाइरस (कोविड १९) संक्रमितको संख्या २ करोड ७९ लाख नाघेको छ । जसमध्ये ९ लाख बढीको मृत्यु भइसकेको छ ।
संक्रमितहरु मध्ये ६० हजार बढीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
यस्तै संक्रमितमध्ये २ करोड ८२ हजार कोरोना मुक्त भएका छन् ।
विश्वमा सक्रिय संक्रमितको संख्या ७० लाख रहेको छ । अमेरिकामा ६५ लाख ४८ हजार संक्रमित रहेका छन् ।
जसमध्ये ३८ लाख बढी कोरोना मुक्त भएका छन् भने १ लाख ९५ हजारको मृत्यु भइसकेको छ । भारतमा कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ ।
भारतमा अहिलेसम्म ४४ लाख संक्रमित रहेकोमा ३४ लाख कोरोना मुक्त भएका छन् भने ७५ हजारको मृत्यु भएको छ ।
ब्रजिलमा कोरोना संक्रमितको संख्या ४१ लाख ९९ हजार छ भने ३४ लाख कोरोना मुक्त हुँदा १ लाख २८ हजारको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline