कोरोनाबाट पाठ सिक्दै अर्को महामारीका लागि पनि विश्‍व तयार रहनुपर्ने : डब्लूएचओ

कोरोनाबाट पाठ सिक्दै अर्को महामारीका लागि पनि विश्‍व तयार रहनुपर्ने : डब्लूएचओ

स्वास्थ्य विलासिताको बस्तु नभइ आवश्यकताको कुरा हो-डब्लूएचओका महानिर्देशक एड्हानोम गेहब्रेयसस

  • मङ्लबार, भदौ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

२३ भदौ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले डब्लूएचओको मुख्यालय जेनेभामा भएको भर्चुअल मिडिया ब्रिफिङका क्रममा उनले कोरोना महामारीबाट पाठ सिकेर विश्वनै अर्को महामारीका लागि तयारी अवस्थामा रहनुपर्ने बताएका छन् ।
उनले उक्त भर्चुअल मिडिया ब्रिफिङका क्रममा अब सबै देशहरुले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने कुरामा पनि प्रकाश पार्नुभएको छ ।

कोरोनाले सबैलाई एक बहत्तवपुर्ण पाठ सिकाएको उल्लेख गर्दै टेड्रोसले भने, ‘कोरोनाले सिकाएको एउटा कुरा के हो भने स्वास्थ्य भनेको विलासिताको बस्तु होइन , यो आवश्यकताको कुरा हो , मानव अधिकार हो ।’

उनले कोरोना नियनत्रण गर्न सफल भएका केही देशहरुको उदाहरण दिदै केही पाठ सिक्नु पर्ने कुरामा जोड दिएका छन् ।
उनले कोरोना नियन्त्रण तथा रोकथाममा कम्बोडिया, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया, रुवान्डा, सेनेगल, स्पेन, भियतनामलगायतका देशले प्रभावकारी कदम चालेको बताए ।

महामारी नियन्त्रणका विषयमा जर्मनीबाट पनि धेरै कुरा सिक्न सकिने उनले बताए । ‘जर्मन चान्सलर एन्जेला मर्केलले सन् २०२६ सम्ममा जर्मनीको जनस्वास्थ्यमा ४ अर्ब युरो लगानी गर्ने कुरालाई म स्वागत गर्छु’, उनले भने, ‘म सबै देशलाई जर्मनीको उदाहरण हेर्दै जनस्वास्थ्य र प्राथमिक स्वास्थ्य उपचारमा लगानी गर्न आग्रह गर्दछु ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ