लद्धाखमा भारत र चीनका सेनाबीच चेतावनीपूर्ण गोली हानाहान

लद्धाखमा भारत र चीनका सेनाबीच चेतावनीपूर्ण गोली हानाहान

  • मङ्लबार, भदौ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 26.5K
    SHARES

भदौ २३ एजेन्सी । सन् १९६२ को युद्ध पछि चीन र भारतबीच लद्धाखमा पुनः तनाव बढीरहेका बेला सोमबार चेतावनीपूर्ण रुपमा गोली हानाहान भएको छ ।
चीनीया सेनाको वेष्टर्न थिएटर कमाण्डका प्रवक्ता झागं सुईलीले एक विज्ञप्ति जारी गरी नियन्त्रण रेखा पार गरेर भारतीय सेनाले गस्तीमा रहेका चीनीया सेनामाथि लक्षित गरी चेतावनीपूर्ण गोली चलाएको र जनमुक्ति सेनाले जवाफी कार्बाही गरेको बताएका छन् ।
लद्धाखमा १५ जुनमा हिंशात्मक झडपमा २० भारतीय सेना मारिए पछि दुबै देशबीच सीमाको बिषय गंभीर बनेको छ ।
पेग्गोगं सो लेक नजिक भारतीय सेनाले नियन्त्रण रेखा पार गरेको पनि चीनीया सैन्य प्रवक्ताले बताए ।
उनले भारतको यो उक्साहटपूर्ण कार्बाहीपति आपत्ति जनाएका छन् ।

यस घटनामा कुनै मानवीय क्षति नभएको र स्थिति नियन्त्रणमा रहेको भारतीय सरकारी सुत्रलाई उद्धत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
केही दिन अघि मात्रै भारत र चीनका रक्षामन्त्रीबीच रुसमा वार्ता भएको थियो भने संभवत आजै विदेश मन्त्रीहरुबीच पनि मस्कोमै वार्ता हुने बताईएको छ ।
सिमामा ठूलो संख्यामा सैन्य उपस्थिति बनाउदै लगेका भारत र चीनले लडाकु विमान, क्षेप्यास्त्र , ब्याटल टैंकको तैनाथी पनि बढाईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ