ताराखोला गाउँपालिकालाईएम्बुलेन्स किन्न प्रवासीबाट रु ११ लाख सहयोग

ताराखोला गाउँपालिकालाईएम्बुलेन्स किन्न प्रवासीबाट रु ११ लाख सहयोग

  • सोमवार, भदौ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

बागलुङ, २२ भदौ ।
गलकोट समाज जापानले ताराखोला गाउँपालिकालाई एम्बुलेन्स किन्नका लागि रु ११ लाख उपलब्ध गराएको छ ।
ग्रामीण भेगका सर्वसाधारणलाई स्वास्थ्य सेवामा सहजता होस् भनेर एम्बुलेन्स सहयोग गरिएको समाजका अध्यक्ष दिलु खत्रीले बताउनुभयो । “समयमा उपचार नपाएकै कारण कसैले पनि ज्यान गुमाउनु नपरोस्”, उहाँले भन्नुभयो ।

गत अङ्ग्रेजी नयाँ वर्षमा जापानका विभिन्न शहरमा आयोजित साङ्गीतिक कार्यक्रमबाट सङ्कलित रकम एम्बुलेन्सका लागि प्रदान गरिएको उहाँको भनाइ छ । समाजले केही वर्षअघि गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि एम्बुलेन्स दिएको थियो ।

एम्बुलेन्स खरीद प्रक्रिया शुरु भइसकेको र दशैँ अगावै सेवा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।
गाउँपालिकासँग यसअघि भएको एम्बुलेन्स बिग्रिएर थन्किएपछि कोरोना सङ्क्रमित बोक्नसमेत भाडाको सवारीसाधन चलाउनुपर्ने बाध्यता छ । हालसम्म जिल्लाका कुनै पनि स्थानीय तहले आफ्नै स्वामित्व र स्वव्यवस्थापनमा एम्बुलेन्स सेवा दिन सकेका छैनन् ।

अहिले पनि अस्पताल, रेडक्रसलगायत संघसंस्थाले चलाएका एम्बुलेन्सका भरमा स्थानीय तह छन् । कोरोना महामारी शुरु भएपछि सङ्क्रमित बोक्नुपर्दा एम्बुलेन्स चालक नै भाग्ने, आनाकानी गर्नेसम्मका घटना जिल्लामा भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आवमै देशभरका स्थानीय तहमा अनिवार्य एम्बुलेन्स सेवाको प्रावधान ल्याए पनि यहाँ त्यसको कार्यान्वयन हुन सकेको छैन ।

मन्त्रालयको नीतिअनुसार महानगरपालिका र उपमहानगरपालिकामा चारचार, नगरपालिकामा तीन र गाउँपालिकामा दुई एम्बुलेन्स हुनुपर्छ । स्थानीय तहले एम्बुलेन्स किन्दा राजश्व छुटको सुविधा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी